लक्ष्मीरत्न तुलाधरले गराए अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको १६ नम्बर वडामा मंसिर १६ गते हुने निर्वाचनका लागि एमालेको तर्फबाट लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी तर्दा गराएका छन् । यस वडामा दिउँसो ३ बजेसम्ममा १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउन पुगेका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य कृष्ण राईले नेकपा एमालेका नेतृत्व र व्यवस्थाप्रति नै धावा बोल्ने काम भइरहेकाले यो व्यवस्था र परिवर्तनलाई जोगाउन पनि एमालेलाई मत दिनुको विकल्प भएको बताए । अर्का पोलिट्व्युरो सदस्यले शिक्षा, स्वास्थ्य, विकास निर्माणका लागि, रोजगारीका लागि, सामाजिक न्यायका लागि र लोकतन्त्रललाई बलियो बनाउनका लागि पनि एमालेको उम्मेदवार लक्ष्मीरत्न तुलाधारलाई अत्यधिक मतले विजय गराउन आवश्यक भएको बताए ।

काठमाडौंका स्थापित नेता रामवीर मानन्धरले यो पटक एमाले र १६ नम्बरका मतदाता एकै ठाउँमा उभिएकाले एमालेकै उम्मेदवारको जीत पक्का भएको दावी गरे । त्यसैगरी काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्धर साक्यले बालेन्द्र शाहले अहिले गरेँ भनेको अधिकांश काम आफ्नो पालामै भएको बताउँदै विकासका लागि एमालेलाई भोट दिनुको विकल्प नभएको बताए । त्यसैगरी पार्टीका नेता जीवन मानन्धरले लक्ष्मीरत्न तुलाधरलाई अत्यधिक मतले विजय गराउन अपिल गरेका छन् । निर्वाचन परिचालन कमिटिका संयोजक जयप्रकाश श्रेष्ठले कुनै कसुर बाँकी नराखेर निर्वाचनको तयारी भएको बताए ।

स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुको उत्साहजन सहभागिता देखिएको छ । यस क्षेत्रमा नेकपा माओवादीले भने एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने भएको छ ।

 

छुटाउनुभयो कि ?

TOP