‘१६ नम्बर वडाको विकास मेरो पहिलो प्राथमिकता हो’

काठमाडौं महानगरपालिका–१६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालको २०८० भदौ २१ गते असामयिक निधन भएपछि कार्यबाहक अध्यक्षका रुपमा भदौ २६ गते वडा सदस्यामा निर्वाचित पुष्प महर्जनले कार्यभार सम्हाल्नु भएको थियो । उहाँले कार्यभार सम्हालेयता वडामा के कस्ता विकास निर्माणका कामहरु भए, २०८१ सालका के योजनाहरु छन् ? यिनै सावलहरुमा कार्यबाहक अध्यक्ष पुष्प महर्जनसँग मिडिया दैनिकले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

म नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुँ । म कार्यबाहक अध्यक्ष भएको १० दिनभित्र नयाँ बजार टाउन प्लानिङमा १८० वटा बत्ती व्यक्तिगत खर्चबाट बनाएँ । सडक विस्ताकार कारण समस्यामा परेको हाम्रो ऐतिहासिक सोह्रखुट्टे पाटी ६ वर्ष लगाएर पुननिर्माण भएको थियो । तर त्यो पार्टीमा सडकमा मानिसहरुले अनैतिक गतिविधि गर्यो भन्ने स्थानीयको रिपोर्ट परेपछि मैले आफ्नै व्यक्तिगत खर्चले पाटीलाई घेर्नेगरी बार बनाइदिएँ । त्यसैगरी मैले व्यक्तिगत खर्चमै म्हेपी मन्दिरभित्रको नायारणको मन्दिरमा धारा बनाइदिएँ । नयाँ बजारबाट बालाजु जाने विष्णुमति खोलाको पुलमा पनि व्यक्तिगत खर्च गरेर बत्तीको प्रबन्ध मिलाइदिएको छु । यस्ता थुप्रै कामहरु मैले सकेको व्यक्तिगत खर्चमा पनि गरिरहेको छु । म जनताको सेवा गर्न आएको हुँ । मलाई खान पुग्ने सम्पत्ति छ । त्यसका लागि मैले थप सम्पत्ति जोडिरहन पर्दैन । बाँकी जीवन सकेको जति समाजसेवामै लगाउँछु ।

माथिका कामहरु त मैले व्यक्तिगत खर्चमा गरेका कामहरु हुन् । तर वडाबाट त थुपैै्र कामहरु भइरहेका छन् । जस्तो, मेरो पहलमा १६ नम्बर वडाको भगवती मार्ग र जनजागृति मार्गमा ढल निर्माणको काम हुँदैछ । नयाँ बजारकै राजा गल्लीमा ढल निकासका लागि १०० मिटरको आधुनिक प्लास्टिकको पाइप हाल्ने काम भएको छ । लेखनाथ साहित्य सडकमा पोहोर र पार्किङले स्थानीयलाई हैरान पारेको थियो । अहिले त्यो पनि ब्लक राखेर निर्माण गरिएको छ र सफा बनाइएको छ ।नयाँ बजारकै मनाङकोटमा ढल निर्माणको काम भएको छ । म्हेपी मन्दिर परिसरमा कालो ढुंगा विच्छ्याउने काम हुँदैछ । एक पोल एक बत्तीको नारा अन्तर्गत पनि काम भइरहेको छ । कामगर्ने जनशक्तिको समस्याले गर्दा भनेका समयमा काम गर्न कठिनाइ भने भइरहेको छ । रानीवन जंगल र १६ नम्बर वडाको सीमानामा १२० मिटरको बाटो डलान भएको छ । यो बाटोलाई मर्निङ वर्क गर्न सहज बनाउने योजनाअनुसार बालाजुपार्कसम्म ढलान गर्ने योजना छ ।

 त्यसैगरी ढुंगेधारादेखि नर्सरी चोकसम्म ८ इन्चको बाटो ढलान भइरहेको छ । अर्को बाबु छिरिङ मार्गदेखि महर्जन चोकसम्मको ६ इन्चको बाटो पनि ढलान भइरहेको छ । महानगरको एक वडा एक खुल्ला जिम योजनाअन्तर्गत १६ नम्बर वडाका लागि दुई वटा जिमको योजा पारेर अहिले नर्सरी चोकमा एउटा र विष्णुमती कोरिडोमा अर्को गरेर खुल्ला जिम निर्माण भइसकेको छ । सहरी योजनासँग सहकार्य गरेर खरीबाट र नयाँ वडा कार्यालय नजिक सोह्र खुट्टे चोकमा सार्वजनिक स्मार्ट शौचालय निर्माण गर्ने योजना अगाडि बढेको छ । गल्लीका सडक र संवेशदनशील क्षेत्रहरुमा सिसी टिभी जडान गर्ने योजना अन्तर्गत टेन्डरमार्फत् ५० लाखको काम सुर हुँदैछ ।

यस्ता थुप्रै कामहरु हामीले १६ नम्बर वडामा गरिरहेका छौं । अब २०८१ सालमा के के योजना निर्माण गर्ने भन्ने बन्दर्भमा टोलटोलमा छलफल गरेर वडाको समितिले निर्णय गरी महानगरमा पठाउँछौं । अहिले बाम गठबन्धनको सरकार भएकाले हामी केन्द्रबाट पनि सक्दो कार्यक्रम पार्न लागि पर्छौँ । १६ नम्बर वडाको विकास मेरो पहिलो प्राथमिकता हो । अन्तमा १६ नम्बर वडाका सम्पूर्ण नागरिकहरुमा र देश विदेशमा रहुनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८१ सालको शुभकामना व्यक्त गर्दछु । साथै वडाको विकासमा सहकार्यका लागि सम्पूर्ण स्थानीय बासीहरुलाई आह्वान गर्छु ।

 

 

 

 

 

 

छुटाउनुभयो कि ?

TOP