उपनिर्वाचनः कामनपा-१६ मा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा नेकपा एमालेले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्ष उम्मेदवारका रुपमा सालिन, निष्ठावान र वैचारिक रुपमा खारिएका नेता लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार उठाएको छ ।

देशकै ठूलो वडापालिका भएकाले यस क्षेत्रको निर्वाचनलाई एमालेले निकै महत्वको रुपमा लिएको जिल्ला अध्यक्ष दिपक निरौलाले बताए । गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

२०५४ सालको चुनावमा काठमाडौंको १६ नम्बर वडाको वडा सदस्यमा सर्वाधिक मत ३६७४ ल्याएर विजयी भएका लक्ष्मीरत्न तुलाधरलाई एमालेले बलियो जनमत भएका प्रतिष्ठित व्यक्तिका रुपमा चुनावी मैदानमा होमेको छ । तुलाधर २०५६ सालको मध्यावधि चुनावमा १६ नम्बर वडाको निर्वाचन संयोजक थिए । आफ्ना मतदाताको मन कसरी जित्न सकिन्छ भन्ने कुराको राम्रो ज्ञान भएका उनी २०५९ सालमा मनोति वडा अध्यक्ष बने । २०६२ सालदेखि २०७१ सम्म वडा पार्टी अध्यक्ष भएर काम गरेका तुलाधार २०७२ बाट पार्टीको क्षेत्रीय सदस्य हुँदै महानगरको सचिवालय सदस्य भइसकेका छन् । जनताको दुःखसुख बुझेर हुर्किएका उनी मतदाताले रुचाइएका एक स्थानीय नेता हुन् ।

तुलाधरलाई उम्मेदवार उठाएर नेकपा एमालेले जसरी पनि चुनाव जित्ने रणनीति लिएको संकेत दिएको छ ।

 

छुटाउनुभयो कि ?

TOP