प्रदुषण र दुर्घटनाको जोखिमा नयाँबजार सडक, स्थानीय आन्दोलनमा

काठमाडौं । नयाँबजार क्षेत्रको सडकमा खानेपानीको पाइप फुट्दा सडकमा हिलो, प्रदुषण र खाल्टाखुल्टी बढेर दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय, राजनीतिक दल र सरोकारवालहरुले दवावमूलक र्याली निकालेका छन् ।

“चुस्तदुरुस्त सडक, सुरक्षित यात्रा, भत्केको सडक यमपुरीको यात्रा, सडक खबरदारी गर्न जनता जाग, आँखा, कान खोल सडक विभाव” जस्ता नारा लेखिएका प्लेकार्डसहित संकेतिक जुलुस काठमाडौंको धारागल्लीबाट सुरु भएर सोह्रखुट्टे चोकमा पुगेर समापन गरिएको थियो ।

विशेषगरी खानेपानी विभाग र सडक विभागलाई तुरुन्त समास्याको साबधान गर्न खबरदारी गरिएको थियो । खबरदारी सभामा बोल्दै एमालेका स्थानीय नेता जयप्रकाश श्रेष्ठले सडकमा भएको समस्या समयमै साबधान नहुँदा घाम लाग्दा धुलोले दुख दिने पानी पर्दा हिलोले दुख दिने गरेको बताए । उनका अनुसार सडककै कारण व्यापारव्यवसायसमेत चौपट हुँदै गएको दावी गरे । ‘पैदल यात्रीलाई धुलोका कारण हिड्न सास्थी भएको छ । स्थानीयको स्वास्थ्यमा गंभिर समस्या देखिएको छ । तर सडक विभाग र खोनपानी विभागले स्थानीय र यात्रुहरुसँग खेलबाड गरेको छ ।’

कार्यक्रममा बोल्दै स्थानीय समिर भण्डारीले भने, ‘प्रदेश सांसाद, संघको सांसदलाई बारम्बार सम्पर्क गर्दा पनि उहाँहरु सम्पर्कमा आउनुभएन । उहाँहरु कुन दुलोमा हुनुहुन्छ । खोजी गरिदिनुपर्यो पत्रकार मित्रहरुले ।’

अर्का स्थानीय सुरेश महर्जनले भने ‘यो सडक विग्रेर बढेको प्रदुषणले स्थानीयहरुमा कानको, आँखाको र घाटीको समस्या बढेको छ । हाम्रो कुरा संघ, प्रदेश र स्थानीय सरकरले सुनिरहेको छैन । अब पनि नसुने सडक आन्दोलनबाटै सुन्न बाध्य पार्छौ ।’

स्थानीय जुमन मानन्धरले आफूहरुको माग तुरुन्त सुनाइ नभए नयाँ बजार सडक बन्द गरेर थप आन्दोलन गर्ने बताए ।

काठमाडौं माहानगरपालिका वडा नम्बर १६ अन्तर्गत सोह्रखुट्टेदेखि बालाजुसम्मको सडकक्षेत्रमा रहेका खानेपानीको पाइप फुटेको एक वर्ष वितिसक्दा पनि समस्याको समाधान हुनसकेको छैन । यस क्षेत्रमा पछिल्लो समय दुर्घटना पनि बढिरहेको छ ।

छुटाउनुभयो कि ?

TOP