काठमाडौं । वैज्ञानिक समाजवाद निर्माण अभियानको केन्द्रीय समितिको विस्तारित बैठक सम्मन्न भएको छ । पशुपतिस्थित पशुपति भिजनमा यही शनिवार बैठक बसेको थियो ।विस्तारित बैठकले ५१ जनाको केन्द्रीय समिति निर्माण गरेको छ । त्यसैगरी अभियानको विस्तारित बैठकले ‘वैज्ञानिक समाजवादको घोषणापत्र’ समेत सर्वसम्मतिले पारित गरेको छ ।
अभियानका संयोजक रमेश सुनुवारले वैज्ञानिक समाजवादको निर्माण गर्नु आजको आवश्यकता र वास्तविकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले भनेको वैज्ञानिक समाजवाद भविष्यमा निर्माण हुने व्यवस्था होइन । हाम्रो लागि वैज्ञानिक समाजवाद आजैदेखि, अहिलैदेखि निर्माण गर्नुपर्ने व्यवस्था हो । यो विज्ञानप्रविधको जगमा निर्माण हुन्छ । वर्तमान युग विज्ञानप्रविधिको युग हो । विज्ञानप्रविधि प्रमुख उत्पादक शक्तिको रुपमा आएको छ । यसलाई स्वीकार गरेर र यसको व्यापक प्रयोग गरेर मात्र हामी वैज्ञानिक समाजवाद निर्माण गर्नसक्छौं ।’
विश्वव्यापी रुपमा वैज्ञानिक समाजवादको पक्षधरहरुको संजाल निर्माण र पुँजीवादी अर्थतन्त्रको समानानतरमा समाजवादी अर्थतन्त्र निर्माणको कामलाई तीव्रता दिने संगठन विभागका संयोजक दलबहादुर विसीले जानकारी दिनुभयो । अभियानले ‘भूमण्डलीकृत पुँजीवादबाट उत्पीडित विश्वका सम्पूर्ण वर्गहरु एक होऊँ !’ भन्ने नारासहित अभियानको सुरुवात गरेको छ ।