काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नम्बर वडा देशकै ठूलो वडापालिका हो । यो वडामा लगभग २२ हजार मतदाता रहेका छन् । स्थानीय सरकार सुरु भएको सात वर्षपछि यस वडापालिका आफ्नै नयाँ भवनमा सरेको छ । यस वडाका वडाअध्यक्ष मुकुन्द रिजालको २०८० भदौ २१ गते असामयिक निधन भएपछि २०८० साल भदौं २६ गतेदेखि पुष्प महर्जनले कार्यबाहक अध्यक्षका रुपमा कार्यभार सम्हाल्दैै आउनुभएको छ । मिडिया दैनिकले उहाँसँग गरेको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ ।
म नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुँ । म कार्यबाहक अध्यक्ष भएको १० दिनभित्र नयाँ बजार टाउन प्लानिङमा १८० वटा बत्ती व्यक्तिगत खर्चबाट बनाएँ । सडक विस्ताकार कारण समस्यामा परेको हाम्रो ऐतिहासिक सोह्रखुट्टे पाटी ६ वर्ष लगाएर पुननिर्माण भएको थियो । तर त्यो पार्टीमा सडकमा मानिसहरुले अनैतिक गतिविधि गर्यो भन्ने स्थानीयको रिपोर्ट परेपछि मैले आफ्नै व्यक्तिगत खर्चले पाटीलाई घेर्नेगरी बार बनाइदिएँ । त्यसैगरी मैले व्यक्तिगत खर्चमै म्हेपी मन्दिरभित्रको नायारणको मन्दिरमा धारा बनाइदिएँ । नयाँ बजारबाट बालाजु जाने विष्णुमति खोलाको पुलमा पनि व्यक्तिगत खर्च गरेर बत्तीको प्रबन्ध मिलाइदिएको छु । यस्ता थुप्रै कामहरु मैले सकेको व्यक्तिगत खर्चमा पनि गरिरहेको छु । म जनताको सेवा गर्न आएको हुँ । मलाई खान पुग्ने सम्पत्ति छ । त्यसका लागि मैले थप सम्पत्ति जोडिरहन पर्दैन । बाँकी जीवन सकेको जति समाजसेवामै लगाउँछु । म राजनीतिमाम आएकै समाजसेवाका लागि हो ।
माथिका कामहरु त मैले व्यक्तिगत खर्चमा गरेका कामहरु हुन् । तर वडाबाट त थुपैै्र कामहरु भइरहेका छन् । जस्तो, मेरो पहलमा १६ नम्बर वडाको भगवती मार्ग र जनजागृति मार्गमा ढल निर्माणको काम हुँदैछ । नयाँ बजारकै राजा गल्लीमा ढल निकासका लागि १०० मिटरको आधुनिक प्लास्टिकको पाइप हाल्ने काम भएको छ । लेखनाथ साहित्य सडकमा पोहोर र पार्किङले स्थानीयलाई हैरान पारेको थियो । अहिले त्यो पनि ब्लक राखेर निर्माण गरिएको छ र सफा बनाइएको छ ।नयाँ बजारकै मनाङकोटमा ढल निर्माणको काम भएको छ । म्हेपी मन्दिर परिसरमा कालो ढुंगा विच्छ्याउने काम हुँदैछ र बजेट नपुगेका कारण यो वर्ष काम सकिएन । अबको बजेटमा यो कामले पूर्णता पाउनेछ ।
एक पोल एक बत्तीको नारा अन्तर्गत पनि काम भइरहेको छ । कामगर्ने जनशक्तिको समस्याले गर्दा भनेका समयमा काम गर्न कठिनाइ भने भइरहेको छ । रानीवन जंगल र १६ नम्बर वडाको सीमानामा १२० मिटरको बाटो डलान भएको छ । यो बाटोलाई मर्निङ वर्क गर्न सहज बनाउने योजनाअनुसार बालाजुपार्कसम्म ढलान गर्ने योजना छ ।
त्यसैगरी ढुंगेधारादेखि नर्सरी चोकसम्म ८ इन्चको बाटो ढलान भइरहेको छ । अर्को बाबु छिरिङ मार्गदेखि महर्जन चोकसम्मको ६ इन्चको बाटो पनि ढलान भइरहेको छ । महानगरको एक वडा एक खुल्ला जिम योजनाअन्तर्गत १६ नम्बर वडाका लागि दुई वटा जिमको योजा पारेर अहिले नर्सरी चोकमा एउटा र विष्णुमती कोरिडोरमा खुल्ला जिम निर्माण भइसकेको छ । सहरी योजनासँग सहकार्य गरेर खरीबोट र नयाँ वडा कार्यालय नजिक सोह्र खुट्टे चोकमा सार्वजनिक स्मार्ट शौचालय निर्माण गर्ने योजना अगाडि बढेको छ । गल्लीका सडक र संवेशदनशील क्षेत्रहरुमा सिसी टिभी जडान गर्ने योजना अन्तर्गत टेन्डरमार्फत् ५० लाखको काम सुर हुँदैछ । त्यसैगरी यस वडाभित्र रहेका सम्पूर्ण मन्दिरहरुको रंगरोघन गर्ने काम सकिएको छ । गुरु नानकमणी मठको भूक्षय रोक्न पर्खाल लगाउने काम भइरहेको छ ।
यस्ता थुप्रै कामहरु हामीले १६ नम्बर वडामा गरिरहेका छौं । अहिले बाम गठबन्धनको सरकार भएकाले हामी केन्द्रबाट पनि सक्दो कार्यक्रम पार्न लागि पर्छौँ । १६ नम्बर वडाको विकास मेरो पहिलो प्राथमिकता हो । यो आर्थिक वर्ष २०८१/०८२ मा महानगरबाट हाम्रो वडामा १७ करोड बजेट परेको छ । अब यहि १९ गते सार्वजनिक सुनुवाई मार्फत् आगामी योजना सार्वजनिक गर्दैछौं ।