मदन भण्डारीको ७३ औं जयन्तीमा एमालेले गर्यो विक्षारोपण

काठमाडाौं । नेकपा एमालेको काठमाडौं महानगर कमिटीले जनेता मदन भण्डारीको ७३ औं जन्मजयन्ती विक्षारोपण कार्यक्रम गरेर मनाएको छ । म्हेपी क्षेत्रमा गरिएको विक्षारोपण कार्यक्र १६ नम्बर वडा कमिटिको व्यवस्थापनमा भएको हो । विक्षारोपण कार्यक्रममा अम्बा,आँप, धुपी र फुलका २६५ विरुवा रोपिएको ह्मेपी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष तथा एमाले पार्टीका काठमाडौं जिल्ला सदस्य जीवन मानन्धरले बताएका छन् ।

महानगरका ३२ वटै वडाका कमरेडहरुको उपस्थिति रहेको नेकपा एमालेका १६ नम्बर वडाका अध्यक्ष जयप्रकाश श्रेष्ठले जानकारी दिए । विक्षारोपण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्त, पोलिटव्युरो सदस्य आनन्द पाखरेल, पोलिटव्युरो सदस्य रामेश्वर फुयालल, काठमाडौं महानगरका पूव मेयर विद्यासुन्दर शाक्य, काठमाडौं जिल्लाका अध्यक्ष्य दिपक निरौला, उपाध्यक्ष विश्वराम सापकोटा, सचिव राजेश शाख्य, महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठ लगायतका स्थानीय नेताहरु र जनसमुदायको उपस्थिति थियो ।

हामी हरियाली काठमाडौं बनाउन चाहन्छौं, जो मदनभण्डारीको सपना थियोः नेता रामेश्वर फुयाल

कार्यक्रममा मिडिया दैनिकसँग कुराकानी गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य रामेश्वर फुयालले काठमाडौंमा एमालेले २०४६ सालदेखि नै विक्षारोपण कार्यक्रम सुरु गरेको बताए । उनले भेने, ‘एमालेले सबै कार्यकर्तालाई विक्षारोपण गर्न आह्वान पनि गर्यो । हामीले मानिसका लागि विक्षारोपण गरिरहेका छौं । बादरका लागि विक्षारोपण गरिरहेका छौं । चराचुरुंगीका लागि विक्षारोपण गरिरहेका छौं । पुतलीका लागि विक्षारोपण गरिरहेका छौं । सिंगो धर्तीका लागि विक्षारोपण गरिरहेका छौं । धर्ती हामी जोगाउन चाहन्छौं ।’ यसका लागि समाजवाद निर्माण गर्नुपर्ने र महिलापुरुष बराबर हुनुपर्ने उनको भनाइ थियो ।

मदन भण्डारीलाई स्मरण गर्दै उनले भने, ‘गाउँ र शहर बराबर भएको नेपाल, मानसिक र शारीरिक श्रमको बराबर सम्मान भएको नेपाल बनाउनु छ । हामी त्यो काम राजनेता मदन भण्डारीको सपनाअनुसार, राजनेता पुष्पलालको सपनाअनुसार, राजनेता मनमोहन अधिकारीको सपनाअनुसार सहिदहरुको सपनाअनुसार अर्थात् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकोे सपनाअनुसार हामी पुरा गर्न सक्छौं । त्यसका लागि सिंगो जनमत परिचालन गर्छौं । सिंगो पार्टी कार्यकर्ता परिचालन गर्छौं । हामी नेपालको जय गर्न चाहन्छौं। हमी हरित नेपाल बनाउन चाहन्छौं । हामी नेपालको झण्डा उच्च बनाउन चाहन्छौं । सम्पदा जोगाउन चाहन्छौं । उहाँले महानगरका मेयर सम्पदा भत्काउने बाटोमा हिड्न खोजेको र एमाले सम्पदा संरक्षणको पक्षमा रहेको बताए । हामी काठमाडौं हरियाली बनाउन चाहन्छौं । हिजो हामीले राजनेता मदन भण्डारीको नेतृत्वका काम गर्यौ । अब राजनेता केपी ओलीको नेतृत्वमा काम गर्छौं ।’

छुटाउनुभयो कि ?

TOP