काठमाडौँ।भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का लागि ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौँको किओच निर्माणस्थल पुगेका गुरुङले घोषित रकमबाट किओचका लागि अत्याधुनिक छुट्टै भवन बनाईदिने बताएका छन् ।
डा कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्दै छन् ।
डा कोइरालाको अभियानमा साथ दिने मनसायका साथ भवन निर्माणस्थल पुगेका गुरुङले अवधारणा र निर्माणस्थलमा पुगेपछि तत्काललै अभियानमा जोडिने प्रतिबद्धता जनाउँदै उक्त रकम दिने घोषणा गरेका हुन् ।