बमजनलाई बालयौन दुराचार मुद्दामा १० वर्ष कैद सजाय

काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको एक सातापछि सजाय सुनाउँदै पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने पनि आदेश दिएको अदालतका स्रेस्तादार सदन अधिकारीले जानकारी दिए।

गत असार १० मा न्यायाधीश भण्डारीकै इजलासले बमजनलाई कसुरदार ठहर गरेको थियो। बमजनविरुद्ध यौन सन्तुष्टि प्राप्त गर्ने र जबरजस्ती करणी गरेको आरोपमा मुद्दा चलिरहेको थियो।

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

छुटाउनुभयो कि ?

TOP