काठमाडौँ। सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको छ भने सजाय निर्धारणका लागि १७ गतेको पेसी तोकेको छ।
बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता बनाएको तथा बाल यौन दुरुचारको आरोप थियो। बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।
सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन लामो समयसम्म फरार थिए।
केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले उनलाई २०८० पुस २३ गते काठमाडौंबाट पक्राउ गरेको थियो। अदालतको आदेशमा बम्जन गत पुस २६ गते पूर्पक्षका लागि कारागार चलान भएका थिए।