पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

काठमाडौं । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले पोखरेललाई एआइजी बढुवामा सिफारिस गरेको हो।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन्।

छुटाउनुभयो कि ?

TOP