काठमाडौं । रौतहट प्रहरीले श्रीमतीको हत्यामा संग्लन श्रीमानलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका-४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो ।
गहुँ खेतमा लगेर श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरेर र मुख थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित भगाई साह बनियाको गहुँ खेतमा वि.सं.२०७८ साल माघ २६ गते खातुनको शव फेला परेको उल्लेख छ ।श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
पक्राउ परेकाविरुद्ध रौतटह जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयन अन्तर्रगत फरार प्रतिवादीहरुलाई पक्राउ गर्दै आएको छ ।