ललितपुरमा कार दुर्घटना, बिजुलीको पोल भाँचिएर सडकमा पुग्यो, ३ जना घाइते

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।

११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।

ललितपुर प्रहरीका अनुसार गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । कारमा सवार तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।

प्रहरी स्रोतका अनुसार मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको देखिन्छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गर्न सकिन्छ ।

 

छुटाउनुभयो कि ?

TOP