दोस्रो स्थानमा म्यानचेष्टर सिटी

 

१४ वैशाख । प्रिमियर लिगमा फिल फोडेनको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४ (० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । सिटीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको छ ।

सिटीको ३३ खेलबाट ७६ अंक भएको छ । ३४ खेल खेलेको आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने ३४ नै खेल खेलेको लिभरपुलको ७४ अंक छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा केभिन डे ब्रुएनाले १७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

फोडेनले २६औं र ३४औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो । जुलियन अल्भारेजले ६२औं मिनेटमा सिटीका लागि चौथो गोल गरे ।

छुटाउनुभयो कि ?

TOP