काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ। आज बिहान मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराउँदै जित हात पारेको हो।
पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गर्यो।
४९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफमा मदान प्रवृश गरेका लाउटारो मार्टिनेजले ८८ मिनेटमा लिओनल मेसीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
अल्भारेजकै स्थानमा लाउटारो मार्टिनेज ७६ मिनेटमा मैदान प्रवेश गरेका थिए । जितपछि अर्जेन्टिना ले समूह ए मा ३ अंक जोडेको छ । अर्जेन्टिनाले अब बुधबार चिलीसँग खेल्नेछ ।