राष्ट्रिय खुला अप-हिल रन असार ८ मा हुने

काठमाडौँ । नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अप–हिल केडिसी रन असार ८ गते हुने भएको छ। दौड २१ किलोमिटर दूरीको हुने पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिका सदस्यसमेत रहेका आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी गराए।

प्रतियोगितामा दुई सय बढी प्रतिस्पर्धी सहभागी हुने बताइएको छ। शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रूपैयाँ पुरस्कार हात पार्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए।

दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भई दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरिको मच्छेगाउँ, प्वाइन्टको व्यवस्था गरिएको छ। ६५ स्वयंसेवक र आठ वटा बाइक परिचालन गरिनेछ।

छुटाउनुभयो कि ?

TOP