एनएसएल सिजिन ३ कि ब्राण्ड एम्बेसडर प्रिती राईलाई प्रोत्साहन एवं सम्मान स्वरूप हिरो जुम ११० प्रदान

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को समापन समारोहको अवसरमा, नेपाली राष्ट्रिय महिला फुटबल टोलीका विशिष्ट खेलाडी तथा एनएसएल सिजन ३ की ब्राण्ड एम्बेसडर प्रिती राईलाई सी.जी. हिरो मोटोकर्पको नौलो प्रस्तुति हिरो जुम ११० स्कुटर सम्मान स्वरूप प्रदान गरिएको छ ।

दशरथ रंगशालामा आयोजित एनएसएल सिजन ३ को समापन समारोहमा, चौधरी फाउण्डेशनकी सदस्य श्री सारिका चौधरीले खेलाडी राईलाई हिरो जुम ११० को साँचो हस्तान्तरण गर्नुभएको हो । यो सम्मान उनीद्वारा नेपाली महिला फुटबलको क्षेत्रमा पु¥याउनु भएको उत्कृष्ट योगदान, प्रेरणादायी प्रदर्शन तथा एनएसएलको सफल प्रवद्र्धनमा निर्वाह गर्नु भएको उल्लेखनिय भूमिकालाई उच्च मूल्याङ्कन तथा कदर गर्दै सो सम्मान प्रदान गरिएको चौधरी फाउण्डेशनकी सदस्य श्री सारिका चौधरीले वताउनु भएको छ ।

प्रिती राईको अथक समर्पण र प्रेरणाले नेपाली खेलकुदमा महिलाहरूको पहिचान उजागर गर्नुका साथै युवालाई खेलकुदमा अग्रसर हुन प्रेरित गरेको छ । यो सम्मान कार्यक्रमले महिलाको सशक्तिकरण र खेलकुदमा उहाँहरूको उपलब्धिलाई उजागर गर्दै, सी.जी. हिरो मोटोकर्पले खेलाडी तथा युवा प्रतिभाहरूलाई सम्मान गदै आईरहेकोमा सोही कार्यलाई पूनः निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ ।

उपहार स्वरूप प्रदान गरिएको हिरो जुम ११० स्कुटर, नविनतम प्रविधि र आकर्षक प्रदर्शनको सम्मिश्रण भएको कम्पनीले जानकारी दिएको छ । हिरो जुमको यस मोडलमा कम्पनीले पहिलो पटक हिरो ईन्टेलिजेन्ट कर्नर लाइट्स, पूर्ण डिजिटल स्पिडो मिटर (आर.टी.एम.आई. डी.टी.ई. सहितको) का साथै, ब्लुटूथ कनेक्टिभिटी मार्फत कल तथा एसएमएस अलर्ट सुविधापनि उपलब्ध गराएको छ । आई.थ्री.एस. प्रविधिमा आधारित उक्त मोडलको स्कूटरले ०–६० किलोमिटर प्रतिघण्टाको गति जम्मा ९.३५ सेकेन्डमा लिने क्षमता बोकेको छ । १२ इन्चका टायरद्वारा सुसज्जित यो स्कूटरले सहज र सन्तुलित यात्राको सुनिश्चितता प्रदान गर्ने कम्पनीको भनाइ छ । यसमा फ्रन्ट डिस्क ब्रेकका साथै ईन्टिग्रेटेड ब्रेकिंग प्रणाली प्रविधि अपनाइएको छ । साथै, यसमा मोबाइल चार्जिंङका लागि यू.एस.बी. चार्जिङ सुविधापनि उपलब्ध गराउएको छ ।

सी.जी. हिरो मोटोकर्पद्वारा आगामी दिनहरूमा पनि नेपाली खेलकुद तथा युवाहरूका सपनाहरूलाई साथ र समर्थन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

छुटाउनुभयो कि ?

TOP