कोशी ब्यारेजको ४६ ढोका खोलियो

काठमाडौं । सप्तकोसी नदीकोबहाव बढेसँगै कोशी ब्यारेजको ५६ मध्ये ४६ वटा ढोका खोलिए छ। सप्तकोशी जलमापन केन्द्रका अनुसार सप्तकोशीमा आज यस वर्षकै सबैभन्दा उच्च तह मापन गरिएको छ।

शनिवार राति तीन एक लाख १६ हजार ८ सय क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको थियो भने आइतवार बिहान ६ बजे ३ लाख १६ हजार ८ सय क्यूसेक जलसतह मापन गरिएको थियो।

आज बिहान ८ बजे सप्तकोसीेमा तीन लाख ४२ हजार ५२० क्युसेक जलसतह मापन गरिएको हो।

कोसीमा जलसतह सतर्कता तह पार गर्दै गएपछि उदयपुर, सुनसरी र सप्तरीका डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले अपील गरेको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ।

पहाडी क्षेत्रमा शुक्रवारदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो। जलसतह उच्च भएपछि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ

छुटाउनुभयो कि ?

TOP