काठमाडौंमा कबाड व्यवसायीको प्रदर्शन, बालेनविरुद्ध नाराबाजी

काठमाडौं । अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको विरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन गरका छन् ।

काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौंको सहभागितामा निकालिएको सो र्यालीमा सहभागिहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बिरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेताले बताएका छन् ।

आफूहरुको माग सम्बोधन नभए माईतिघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।

छुटाउनुभयो कि ?

TOP