इन्स्पेक्टर शिवाकोटीविरुद्ध जबर्जस्ती करणीको जाहेरी, ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीविरुद्ध जबरजस्ती करणी गरेको कसूरमा जाहेरी दर्ता भएको छ ।

प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट शिवाकोटीलाई ५ दिन हिरासतमा राख्न अनुमति पाएको परिसरले जनाएको  छ ।

प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । उनले घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी थिइन् ।

४५ वर्षीय शिवाकोटीले आफूलाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको बालिकाको बयान छ । बालिकाको प्रारम्भिक बयानअनुसार शिवाकोटीले अन्तिम पटक १६ जेठ २०८१ मा जबर्जस्ती करणी  गरेका थिए ।

प्रहरीले बिहीबारै बालिकाको थापाथलीस्थित प्रसुतिगृहमा स्वास्थ्य परीक्षण गराएको छ भने उनलाई ‘सेफ हाउस’मा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

छुटाउनुभयो कि ?

TOP