नुवाकोटमा प्रदर्शन भएपछि फोहोरको गाडी बाटोमै रोकिए

काठमाडौं । माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहाेर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् ।

नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन्  ।

काठमाडौं उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको छ । तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको बताएका छन्।

माछापोखरी क्षेत्रका सडकमा विहान ८ बजे सम्म तरकारी पसल राख्ने गरेको कारण सर्वसाधारण हिडडुल गर्न कठिनाई भएको र सवारी साधान समेत चलाउनलाई मुस्किल भएकाले काठमाडौँ महानगरपालिकाले सो क्षेत्र खालि गराएपछी नुवाकोटका स्थानीयले फोहोरको गाडी रोकेका हुन् ।

छुटाउनुभयो कि ?

TOP