पाल्पा ।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यू हुनेमा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक छन् । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।
यसैगरी चालकसहित दुई जना घाइते भएका छन् ।उनीहरुकोमिसन अस्पताल पाल्पामा उपचार जारी छ ।
असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०ः१० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।