काठमाडौं । काठमाडौं कुमारी युवा क्लबले नयाँ वर्ष २०८२ सालको अबसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
विभिन्न संघ संस्था , स्थानीय वासिन्दा र महिला समूह उपस्थित रहेको कार्यक्रममा नेकपा एमाले नेता जीवन मानन्धर,नेपाली कांग्रेसका स्थानीय नेता देवेन्द्र पाठक , व्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)का पुर्व अध्यक्ष सानुवावु प्रजापति , ईन्द्रमान सिंह लगाएतका अन्य नेता तथा समाजसेवीको पनि उपस्थित रहेको थियो।
शुभकामना दिने क्रममा बोल्दै क्लबका अध्यक्ष उदयमान डंगोलले देशको खस्किदो परिस्थितिलाई बलियो बनाउन स्थानीय तहबाट सबै राजनीतिक दलले अहम भूमिका खेल्नु पर्ने र जनताको हितका कार्य गर्न सुझाव दिदै नयाँ बर्ष २०८२ सालको सम्पूर्णमा शुभकामना व्यक्त गरे।
काठमाडौं महानगरपालिका १६ वडाको वहती पोखरी स्थित क्लवमा भएको कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले देशको खस्किदो परिस्थिति बारे चिन्ता व्यक्त गरेका थिए ।