नव निर्वाचित वडाध्यक्षलाई कुमारी युवा क्लवले गर्यो सम्मान

काठमाडौँ । काठमाडौँ यहि मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा निर्वाचित काठमाडौँ १६ वडाका वडाध्यक्ष रोजिना श्रेष्ठलाई कुमारी युवा क्लवले सम्मान गरेको छ।

कुमारी युवा क्लवको भवन नयाँबजार स्थित बहती पोखरीमा सम्पन्न भएको यस कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय गणेश पराजुली, प्रदेश सभा सदस्य माननीय बसन्त मानन्धर, समाजसेवी तथा म्हेपी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन मानन्धर, ब्लड डोनर्स एसोसियसन (ब्लोदान) का पुर्व अध्यक्ष सानुबाबु प्रजापति लगाएत स्थानीय बुद्दिजिबि र क्लवका सदस्यहरुको बाग्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा नव निर्वाचित वडाध्यक्षलाई शुभकामना तथा वधाई दिदै क्लवका अध्यक्ष उदयमान डंगोलले भने सिंगो वडाको विकाशका कामहरु वडाबासीको हितमा गर्नुहोस् , विसंगति, विकृति र भ्रस्टाचारलाई निर्मुल पार्ने योजना अघि बढाउँनुस।

धेरै जस्तो वक्ताहरुले नव निर्वाचित वडाध्यक्ष श्रेष्ठलाई सफल कार्यकालका लागी शुभकामना दिएका थिए ।

 

छुटाउनुभयो कि ?

TOP