सहकारी संस्था प्रति मानिसहरूले हेर्ने दृष्टिकोण परिवर्तन भयो : जीवन मानन्धर

काठमाडौं । काठमाडौं नयाँबजार स्थित मल्टिभेन्यु पार्टीप्यालेसमा भएको युगान्तर बचत तथा ऋण सहकारी संस्था लि.को चौधौं बार्षिक साधारण सभा हालै सम्पन्न भएको छ।

कार्यक्रम उदघाटन गर्दै प्रमुख अतिथिका रुपमा रहेका नेकपा एमाले काठमाडौं क्षेत्र नं. ७ (क) का संयोजक जीवन मानन्धरले सहकारीहरुका अहिले भएको बेथिति र संस्थाको बारेमा खुलेर बोलेका थिए। उनले भने म आफै यस संस्थाको संस्थापक हुँं हामीले युगान्तर सहकारी संस्था १४ बर्ष पहिले २५ जना मिलेर रु १० लाखमा सुरुवात गरेका थियौ तर आज यो संस्थाले एक करोड सन्ताउन्न लाखको शेयर होल्डर बनाएउन सफल भएको छ। यस संस्था सफल हुनुमा संस्थाका पुर्व अध्यक्ष उदयमान डंगोलको ठुलो योगदान रहेको पनि बताए।

हाम्रो संस्था अहिलेको यो अवस्थामा चलायमान रहनुका मुख्य कारण हो संस्थाका पुरै टिम युवा हुनु , अहिले देशको आर्थिक स्थिति नाजुक भएको अवस्था छ। सबै युवाहरू अवसरको खोजीमा विदेश पलायन भइ रहेका छन कोहि पढाईको शिलशिलामा त कोहि वैदेशिक रोजगारीका लागि तर मेरो उद्देश्य भनेको देशमा नै युवाहरुले रोजगार पाउनु पर्दछ भन्ने नै हो । राज्यले युवाहरुका लागी रोजगारी सृजना गर्नु पर्दछ र युवाहरु विदेश पलायन हुन बाट रोकिनु पर्दछ।

अहिले तत्कालको समयमा सहकारीहरुको बारेमा भन्नू पर्दा केहि सहकारी संस्था प्रति मानिसहरूको हेर्ने दृष्टिकोण नकारात्मक छ। यसको मुख्य कारण हो- प्रायः उपत्यका बहिरका संचालक बनेर संस्था चलाउने अनि बचतकर्ताहरुलाई बढी व्याजको प्रलोभमा पारी पैसा संकलन गर्ने त्यसपछि पैसा उठाएर भाग्ने वा संचालक भित्रका सदस्यले आफ्नो व्याक्तिगत प्रयोजनका लागी रकम हिनामिना गर्ने र समयमा बचत कर्ताको रकम फिर्ता नगर्ने , अथवा संस्था खोल्नु पुर्व नै योजना लुट्ने अपचलन गर्ने भएका कारण सहकारीहरु प्रती आम जनताको सोचाइ अहिलेको अवस्थामा परिवर्तन भएको हो। बचत कर्ताहरुले पनि सहकारी संचालन कहाँका मानिसले गरेका छन र सहकारी संस्था सम्बन्धि बुझेर मात्रै रकम संस्थामा जम्मा गर्न मेरो एउटा अनुरोध छ उनले भने।

युगान्तर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिक उत्सवमा बिगत दुई बर्ष देखि आफ्नो संस्थाका सदस्यहरुका छोराछोरी एसईईमा उतिर्ण भए अनुसार विधार्थीहरु लाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने गरेको छ। यो बर्ष पनि एसईईमा उतिर्ण हुने १४ जना भाइबहिनीहरु यस संस्थाबाट पुरस्कृत भए ।

जसमा छात्र तर्फ सुलभ कायस्थले उत्कृष्ट अंक ल्याए बापत नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरे भने छात्रा तर्फ आभास श्रेष्ठले उत्कृष्ट अंक ल्याए बापत नगद पाँच हजार , प्रमाणपत्र सहित पुरस्कार प्राप्त गरे र अन्य विधार्थी भाईबहिनिहरु लाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमका संचालन व्लोदान संस्थाका पुर्व अध्यक्ष सानुबाबु प्रजापतिले गरेका थिए।

छुटाउनुभयो कि ?

TOP