काठमाडौं हुनेखानेको मात्रै होइन, गरिखानेको पनि हो: लक्ष्मीरत्न तुलाधर

(लक्ष्मीरत्न तुलाधरले २०५४ सालको चुनावमा काठमाडौंको १६ नम्बर वडाको वडा सदस्यमा निर्वाचित हुँदा सर्वाधिक मत (३६७४) ल्याएका थिए ।
२०५६ सालको मध्यावधि चुनावमा १६ नम्बर वडाको निर्वाचन संयोजक, २०५९ सालमा मनोति वडा अध्यक्ष, २०६२ सालमा पार्टी अध्यक्ष, २०७१ सम्म वडा अध्यक्ष, २०७२ बाट पार्टीको क्षेत्रीय सदस्य हुँदै महानगरको सचिवालय सदस्य भएका लक्ष्मीरत्न तुलाधर जनताको दुःखसुख बुझेर हुर्किएका एक स्थानीय नेता हुन् । उनीसँग मिडिया दैनिकले गरेको कुराकानीका सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।)

एमाले पार्टीलाई जनताले किन भोट हाल्ने ?

नेपालको आर्थिक विकास, सामाजिक सुरक्षासहितको विकास र स्थायित्वका लागि एमाले जनताले सबैभन्दा भरोसा गरेको पार्टी हो । त्यसकारण विकास र समृद्धिका पक्षधरहरूले एमालेलाई भोट हाल्नुपर्छ । जहिले जहिले एमाले सरकारमा जान्छ, यसले गरिब, निमुखा र पिछडिएका समुदायलाई नेतृत्वमा ल्याएको छ ।उनीहरूको प्रगति र उन्नीतको कार्यक्रम बन्छ । स्वदेशी, मध्यमवर्ग, उद्योग–व्यवसायको हितमा पनि राष्ट्रिय कार्यक्रम बन्छ । त्यसकारण त्यो वर्ग र समुदायले एमालेलाई भोट हाल्नुपर्छ ।

एमालेलाई भोट दिनुपर्नाका थुप्रै कारणहरू छन् । महिलाहरू लाई राष्ट्रिय राजनीतिको नेतृत्वमा ल्याउने काम पहिलो पटक एमाले पार्टीले गरेको हो । २०५४
सालको स्थानीय निर्वाचनमा एमालेले देशभरका वडाहरू मा पार्टीबाट अनिवार्य एकजना महिला चुनावमा उठाउनुपर्ने नीति बनायो । त्यो निर्णयले ठूलो संख्यामा महिलाहरू जनप्रतिनिधि बने । त्यो बेला वडा सदस्यमा उठेका महिलाहरू अहिले एमाले पार्टीको केन्द्रिय सदस्य बनेका छन् । एमालेको यही नीतिले अहिले राजनीतिमा महिलाहरू को सहभागिता बढेको छ ।

महिलाहरू ले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न पनि पाएका छन् । वृद्धभत्ताको कुरा त गरिरहनै परेन । त्यसैगरि राष्ट्रियताको पक्षमा सबैभन्दा बलियोगरि उभिएका नेता नै हाम्रो पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओली हो । नेकपा एमाले हो । बलियो राष्ट्रियताका लागि पनि एमालेलाई आम नागरिकले मत दिएर अझ बलियो पार्टी बनाउनु आवश्यक छ । अर्को कुरा “एक गाविस एक स्वास्थ्यचौकी”
एमालेको अवधारणा हो । मेरो विचारमा यस्ता थुप्रै राम्रा कामहरू का कारण एमालेलाई भोट दिने कि नदिने भन्ने दोधारमा कोही रहनुपर्छ जस्तो लाग्दैन ।

“जहिले जहिले एमाले सरकारमा जान्छ, यसले गरिब, निमुखा
र पिछडिएका समुदायलाई नेतृत्वमा ल्याएको छ । ”

किन काठमाडौंमा चाहिँ एमाले कमजोर बन्दै छ ?

एमाले–माओवादी एकता पछि पार्टी केही वर्ष सांगठनिक व्यवस्थापनमै अल्झियो।त्यसपछि पुनः पार्टी विभाजन भयो ।त्यसपछि एउटा समय पार्टी जोगाउनेतिर बित्यो । माओवादीहरू माओवादीमै फर्किए तर एमालेको एउटा पंक्तिले पार्टी विभाजन गरे । यसरी जनतामा जानै पाइएन । स्थानीय संगठनहरू अलि निष्क्रियजस्ता बने ।

हाम्रो पार्टी जब अलि फर्ममा आउँदै थियो, चुनाव आइहाल्यो । चुनावमा नयाँ दलहरू र स्वात्न्त्र उम्मेदवारको लहर एकातिर थियो, अर्कोतिर माओवादी र कांग्रेसबीच चुनावी तालमेल थियो । यी सबै परिघटनाले गर्दा काठमाडौंमा एमालेलाई केही धक्का लाग्यो । तर अहिले हाम्रो पार्टी संगठन चलायमान भइसकेको छ । अब हुने चुनावमा हामी देशभरि नै बलियो
हुँदै छौं । काठमाडौंमा पनि हामी पहिलाकै  अवस्थामा आउँछौं । अहिले हाम्रो स्थानीयसंगठन धेरै राम्रो बनेको छ ।

काठमाडौं महानगर केन्द्रित योजना केही छन् कि ?

“महानगर हुनेखानेको मात्रै होइन,गरिखानेको पनि हो भन्ने एमालेको नारा छ । अहिले नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरभित्र गरिबहरू लाई बाँच्न कठिन बन्दै गएको छ । तर यो महानगर के धनीहरू को मात्रै हो ? त्यसकारण हामी गरिव तथा मध्यम वर्गका पक्षमा संघर्ष गरिरहेका छौं । महानगरभित्र दुईखाले शहर छन्–बाहिरी शहर र भित्री शहर । भित्री शहरसँग कला, संस्कृति, सम्पदा जोडिएको छ, जुन विनास हुँदै गएको छ । त्यो काठमाडौंको पहिचान हो । त्यसको संरक्षण गर्नुपर्छ ।

बाहिरी शहर अहिलेको विकाससँग जोडिएको छ । यी दुवै शहरको संयोजन गरेर मात्र हामी काठमाडौंलाई सुन्दर शहर बनाउन सक्छौं । एमालेले एकीकृत योजना बनाइरहेको छ । महागरभित्र निःशुल्क पार्किबसहितको विकास चाहिन्छ । कतिपय गल्लीका सडकहरू साँघुरा भएकाले ठूलो गाडी पस्दैन । त्यस्तो ठाउँमा विपद् प¥यो भने,आगलागी भयो भने दम्कल जान सक्दैन । त्यसकारण त्यस्ता ठाउँहरूमा पानी हाल्ने पाइपको व्यवस्था गर्नु आवश्यक छ ।
अन्य विपद् व्यवस्थापनको तयारी गर्नु आवश्यक छ । यसबारे पनि हामी योजना बनाउँदै छौं । सम्पूर्ण महानगरबासीको शान्ति –सुरक्षा हाम्रो पार्टीको प्राथमिकता हो । त्यसैगरि जीविकोपार्जनका लागि कार्यक्रम बनाउन पनि आवश्यक छ । त्यसबारे पनि हामी सम्भावना के के छन्, अनुसन्धान गरेर कार्यक्रम बनाउँदै छौं । हामीले गरेर खानेहरूको पनि महानगर भनेका छौं । त्यसका लागि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको आवश्यकता पर्छ । किनभने नीहरूले महँगा स्कुलमा केटाकेटी
पढाउन सक्दैनन् । गरिखानेहरूका लागि स्वास्थ्य पनि सर्वसुलभ हुनुपर्छ ।

“सम्पूर्ण महानगरबासीको शान्ति –सुरक्षा हाम्रो पार्टीको प्राथमिकता हो । त्यसैगरि जीविकोपार्जनका लागि कार्यक्रम बनाउन पनि आवश्यक छ ।त्यसबारे पनि हामी सम्भावना के के छन्, अनुसन्धान गरेर कार्यक्रम बनाउँदै छौं । ”

सामुदायिक स्वास्थ्यको राम्रो प्रबन्ध गर्न आवश्यक छ । नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर ठाउँ–ठाउँमा योग, ध्यान, व्यायाम गर्ने व्यवस्था मिलाउने हाम्रो  योजना छ । यी सबै काम गर्नका लागि एमालेको महानगर हुनुपर्छ । हाम्रो पार्टीले महानगरका करदातालाई उचित मूल्यांकन र सम्मान गर्ने प्रबन्ध मिलाउन आवश्यक छ । त्यसो गर्दा व्यवसायीहरू लाई प्रोत्साहन हुन्छ ।

विकासको काम भनेको एउटा पार्टी वा सरकार एक्लैले गरेर हुँदैन । त्यसका लागि क्लब, संघसंस्था, टोलसुधार समितिसँग पनि समन्वय गरेर महानगरको समग्र
विकासको योजना बनाउन आवश्यक छ । हाम्रो पार्टीले यताबाट योजनाहरू तय गरिरहेको छ । जनताको सहभागिताले मात्रै लोकत्न्त्र बलियो हुन्छ ।

अन्तमा केही भन्नु छ त ?

पार्टीलाई जीवन्त राख्न निरन्तर बहस र छलफल गर्न आवश्यक छ । जनतासँग रहने, जनता कै सेवा गर्ने जनतासँगै सिक्ने पार्टी कहिल्यै हराउँदैन । पार्टी भनेको जनताको काखमा हुर्कने, फल्नेफुल्ने कुरा हो । जनता पार्टी खोजेर हिँड्दैन, पार्टीहरूले जनता खोजेर हिँड्नुपर्छ । जनताको समस्या खोजेर हिड्नुपर्छ ।

छुटाउनुभयो कि ?

TOP