काठमाडौं । नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेसका सामाजिक बिकास मन्त्री माननीय हरि प्रभा खड्गीको प्रमुख आतिथ्यमा र नेपाल केमिकल तथा हर्वल उद्योग संका केन्द्रीय अध्यक्ष विनोद देवकोटा सभापतित्वमाा बार्षिक सधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री हरि प्रभा खड्गीले नेपाल केमिकल तथा हर्वल उद्योग संघको व्यासायिक डायरी बिमोचनको गर्नुहुँदै यो संस्था मेरो मन्त्रालय अन्तगँत परेको हुँदा मैले मेरो तर्फबाट सक्दो सहयोग सरहने बताउनुभयो । उहाँले नेपाली उत्पादनलाई बढावा दिनुमा समेत जोड दिनुपर्ने बताउँदै भन्नुभयो, ‘अब राज्यस्तरबाटै यो संस्थाले उत्पादन गर्ने सामाग्री देश विदेशमा बिक्रीबितरणमा सहजिकरण गर्ने कुरामा म र मेरो सरकार लाग्नेछ ।’
कार्यक्रममा विशेष अतिथि हरूतारकेश्वर नगरपालिका वडा ८ वडा अध्यक्ष स्याम कृष्ण सापकोटा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्रा, अतिथिहरू उद्योग बाणिज्यसंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गा राज श्रेष्ठ, समाजसेवी तथा राजनीतिककर्मी बिष्णुभक्त तिमिल्सिना, नेपाल ग्यास व्याबसायी संघका अध्यक्ष चन्द्र बहादुर थापा, ट्रेड युनियन कांग्रेसका महासंघका महासचिव सानुभाई सापकोटा, उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष माधव तिमिल्सिना, सिप्रदि ट्रेडिङका प्रबन्धक प्रवल श्रेष्ठ, तारकेश्वर ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तथा समाजसेवी कोपिला देवकोटा लगाएत विभिन्न संस्थाका महानुभावहरूको उपस्थिति रहेको थियो । संस्थाको सचिव दिपक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा बोल्दै कोषाध्यक्ष प्रमोद कुमार शाहले आफूहरुलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको र यो संस्थाले व्यावसायिहरूको हितमा काम गरिरहको जानकारि दिनुभयो ।
कार्यक्रममा विभिन्न महानुभानहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थिायो । कार्यक्रमका सभापति एंब अध्यक्ष बिनोद देवकोटाले संस्था यहाँसम्म ल्याउन सहयोग पुर्याउनुहुने सबैलाई धन्यबाद दिदै यो संस्थाले यसमा आवद्ध संस्थाका सदस्यहरूको हक हित र अधिकारको लागि जुनसुकै मूल्य चुकाउनु परेपनि पछि नहट्ने र आफ्नो तन, मन, धन यो संस्थाको हकहितको लागि रहनेछ र व्यावसायिहरूलाई परेको कठिनाई सिरोधार गर्दै अगाडि बड्ने कुरा बताउनुभयो । सो साधारणसभाले बिनोद देवकोटाको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति निर्वाचितसमेत गरेको थियो। कार्यक्रमको संचाल संचारकर्मि तथा गायिका विष्णु माया पौडेलले गर्नुभएको थियो।