किताव जात्रा २०८१ को छैटौं संस्करण सुरु

काठमाडौं । किताव जात्रा २०८१ को छैंटौं संस्करण आजबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने महोेत्सवको उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् । आर्मी अफिर्सस क्लव सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरु अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग सिर्जनामा सामाजिक चेतनाः हिजो र आज नामको छलफल हुँदैछ । त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दिपेन्द्र गौचन, प्रदिप भट्टराई र क्रृचा शर्मासँग सिनेमा मन्थनः नेपाली सिनेमाको सपना शिर्षकमा छलफल हुने आयोजकको भनाई छ । विप्लप प्रतिकको साथमा कविता साँझको पनि आयोजना हुँदैछ । त्यस्तै ओपन माइक सेसन अन्तर्गत महोत्सवमा सहभागीहरुले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन् । महोत्सवको दोस्रो तथा अन्तिम दिन स्टाटिङ अप विथ स्टार्ट अप्स् शिर्षकको प्यानल डिस्कसन हुनेछ । त्यस्तै, नेपाली साहित्यमा समिक्षकको उपस्थिती, मुलधारबाट सधैं उपेक्षामा कला, हाँस्य विधाः शक्ति र चुनौती, संञ्चारका सारथी लगायतका बिषयमा छलफल हुनेछ । दर्जन बढी कितावका स्टलसँगैै कलाका अन्य स्टलहरुले महोत्सवलाई आकर्षक बनाएको छ ।

छुटाउनुभयो कि ?

TOP