काभा वुमन्स नेसन्स लिग आजदेखि, नेपालले उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

त्यसअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलोपटक खेल हुन लागेको हो । सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो ।

छुटाउनुभयो कि ?

TOP