हलेसी सेक्युरिटी सर्भिसले १० औँ बार्षिक उत्सव मनायो

काठमाडौँ। काठमाडौँ नयाँबजार स्थित हलेसी सेक्युरिटी सर्भिस प्रा.लि. ले आफ्नो १० औँ बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनायो।

विभिन्न क्षेत्रका वुद्धिजीवीहरु र संस्थाका प्रतिनिधिहरुको बाग्लो उपस्थितिमा कर्मचारीहरुको योगदानलाई कदर गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

आफ्नो स्थापना काल देखिनै उत्कृष्ट सेवा दिदै आएको यस हलेसी सेक्युरिटी सर्भिसले निकट भविष्यमा अझ देशै भरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्षका साथ् अघि बढेका हलेसी सेक्युरिटीका संचालक तथा अध्यक्ष मदन राईले आफ्नो योजना बताए।

यसै संस्थाका सल्लाहकार मिडियाकर्मी समेत रहेका भक्त बहादुर राई, भक्त (किराती)ले सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा हलेसी सेक्युरिटी सर्भिसले दिएको योगदान अतुलनीय रहेको र अझै निकट भविष्यमा उन्नति र प्रगतिको शुभकामना ब्यक्त गरे।

अर्का संचालक केशव कार्कीले भने हामीले अहिले सम्म दक्ष गार्ड र गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौ अब पनि गार्डको दक्षता र अफिसियल सेवामा कुनै कमजोरी नहोस भनी सतर्क रहेका बताए।

यस बार्षिक उत्सव कार्यक्रममा प्रत्येक वर्ष हलेसी सेक्युरिटी सर्भिस प्रा.लि. लाई दिएको योगदानको आधारमा छनोट भएका दशजना कर्मचारीलाई सम्मान तथा प्रमाण-पत्र प्रदान गरेको थियो भने कार्यक्रमको संचालन समाजसेवी, सरसफाई अभियन्ता प्रकाश कुंवारले गरेका थिए ।

छुटाउनुभयो कि ?

TOP