काठमाडौ। डिआर प्रोडक्सनले “सपना हो कि विपना” गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ।

थुपै गीतहरु सृजना गरिसक्नु भएका सर्जक कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब माहानिरीक्षक (डिआजी) चन्द्र कुबेर खापुङको शब्दमा संगीत दाउत राईको र स्वर किरण भुजेल र अनुमा चौधरीको रहेको छ।

यस गीतमा दाउत राईले निर्देशन गर्नु भएको छ भने पुनम श्रेष्ठ र सुरेश कोलीको अभिनय रहेको छ। उक्त भिडियोको छायांकन भने रामचन्द्र राईले गर्नु भएको छ भने मेकअप म्यान सुबास तिमिल्सिना र सम्पादन दिनशन शाहले गर्नु भएको छ । भिडियो लाई डिआर प्रोडक्सनले निर्माण गरेको हो।

भिडियो हेर्नुहोस :