आईजीमा बढुवा नभई अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

एआईजी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए । तर सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो ।

आफ्नो रिट दरपीठ भएपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अब पोखरेलको रिट दर्ता हुनेछ ।

१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

छुटाउनुभयो कि ?

TOP