काठमाडौं । सर्लाहीका प्रहरी उपरीक्षकलाई गालीगलौज गरेपछि पक्राउ पुर्जी जारी भएका जसपा मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध यसअघि पनि ७ वटा कसुरमा मुद्दा चलेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोन कुराकानीमा अश्लिल शब्द प्रयोग गदै गालीगलौज गरेपछि यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष यादवले यसअघि नै ५ पटक अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस्तै, यादवविरुद्ध प्रहरीले यसअघि ज्यान मार्ने उद्योगसहित चोरी मुद्दाको कसुरमा समेत मुद्दा चलाइएको थियो ।