काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन । यसैबीच शुक्रबार अपरान्ह सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ । अवरोधकैबीच माओवादीका सांसद हितराज पाण्डेलाई बोल्नको लागि समय दिइएको छ ।