काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधानले मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै निर्णायकहरूबाट विशेष ध्यान पाएकी छन्।

आत्मविश्वास, प्रभावशाली प्रस्तुति, सौन्दर्य र बौद्धिक क्षमता उनीभित्रको बलियो पक्ष हो, जसका कारण प्रारम्भिक चरणदेखि नै उनी विजेताकी सम्भावित दावेदारको रूपमा हेरिन थालेकी छन्।

उनी हाल ३५ दिने विशेष प्रशिक्षणमा सहभागी हुँदै फिनालेको तयारीमा जुटेकी छन्। प्रतियोगिताको ग्रान्ड फिनाले साउन महिनाको अन्त्यतिर हुने तय भएको छ, जहाँ देशभरका प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट विजेता घोषित गरिनेछ। यदि चाहना प्रधानले उपाधि जितिन् भने उनले नगद पुरस्कार, EV स्कूटर, ‘गुडविल एम्बासडर’को उपाधि, चलचित्र अभिनयमा अवसर तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने ऐतिहासिक मौका पाउनेछिन्।

उनको आत्मविश्वासी उपस्थिति, सशक्त व्यक्तित्व र प्रभावशाली प्रस्तुति हेर्दा अहिले धेरैले उनलाई “ग्ल्यामर र घाम–दुवैमा चम्कने युवती” भनेर चिनाउन थालेका छन्।