काठमाडौं। नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्ष पदका लागि प्रकाश पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गराएका हुन् ।
कीर्तिपुरमा जारी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा सहमतिको अधिकतम प्रयास विफल भएपछि निर्वाचन हुन लागेको हो ।अध्यक्षमण्डलका तर्फबाट मंगलबार बिहान सुजन कडरियालाई अध्यक्ष प्रस्ताव गरिएपछि विरोध भएको थियो ।
तिनिधिहरूले हलमै नाराबाजी गरेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो।अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेको बताइएको छ।