काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो ।

आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार २१ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज २१ सय ५० मा कारोवार भैइरहेको छ ।