काठमाडौँ । सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनको एनटिभी वर्ल्ड च्यानलका लागि समाचार वाचक, समाचार सम्पादक र क्यामरा पर्सन सहित विभिन्न ११ पदमा जनशक्ति माग गरिएको छ ।
सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनको एनटिभी वर्ल्ड च्यानलका लागि सिफ्ट बेसिसमा काम गर्नेगरी अङ्ग्रेजी समाचार वाचक/सम्पादक/प्रस्तोता/रिपोर्टर, अंग्रेजी टिजिटल किएटर, दृश्य सम्पादक (ग्राफिक्स), क्यामरा पर्सन, ध्वनि नियन्त्रक र स्वीचर गरी जम्मा ११ पदका लागि जनशक्ति आह्वान गरिएको हो ।
पदका लागि आवश्यक योग्यता, आवेदन दिने समय सम्बन्धधी विस्तृत सूचना र दरखास्त फारम नेपाल टेलिभिजनको वेभसाइट www.ntv.org.np बाट प्राप्त गर्न सकिनेछ।