काठमाडौँ । काठमाडौँ पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिले जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परिक्षण (IEE)  सम्वन्धी प्रस्ताव प्रभावित क्षेत्रका स्थानीय तथा सरोकारवाल निकायवाट रायसुझाव प्राप्त गर्ने उद्देश्यले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न छ।

यस पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल, काठमाडौँ नयाँबजारको जनरल अस्पतालको हाल रहेको ५० शैय्यालाई स्तरोन्नती गरी १०० शैय्यामा संचालन गर्ने प्रारम्भिक वातावरणीय परिक्षण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको पिपल्स डेन्टल कलेज एण्ड हस्पीटल प्रालिका प्रमुख (CEO) भिमबहादुर चन्दले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधि , टोलवासी , प्राविधिक टोली र सरोकारवालाहरुको वाग्लो उपस्थिति रहेको यस कार्यक्रममा अधिकांस स्थानीय टोलवासीहरुले स्वास्थ्यमा पर्ने असरहरुको बारेका नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मापदण्डलाई पालना गरी अस्पताल सचालन गर्न सुझाए।

हस्पिटलको तर्फबाट नागरिक स्त्तरबाट उठेको प्रश्नको सवालमा हस्पिटल संबेदनशील रहेको र अस्पतालले गर्नु पर्ने कर्तव्यबाट पछी नहटेको कुरा प्रमुख (CEO) चन्दले बताए ।

काठमाडौँ नयाँबजार स्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिको भवनमा सम्पन्न भएको कार्यक्रम सामाजिक अभियान्ता प्रकाश कुँवरले संचालन गरेका थिए ।

भिडियो हेर्नुहोस