५ जेठ  विराटनगर । कोशी प्रदेश सभाका सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गर्नुभएका सांसदहरू सवार बिएई १४०६ नम्बरको कारलाई बा. ५ प. ३५२० नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो ।कोशी प्रदेशका चारजना प्रदेशसभा सदस्य सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको हो। झापाबाट विराटनगरतर्फ गुडिरहेको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।