काठमाडौं । प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहरण गरेकी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शेर्पाले सोमबार बिहान ८:५६ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन्। सगरमाथा विजय गरेसँगै उनलाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बधाई दिएका छन्।

सोलुखुम्बु घर भएका शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय  साइबर ब्यूरोमा कार्यरत छिन् ।  चैत २५ गते प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबिच आइजिपी थापाले उहाँलाई लैङ्गिक हिंसाविरुद्धको सन्देशसहितको ब्यानर हस्तान्तरण गर्दै बिदाइ गरेका थिए |

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ ।
शेर्पाको यो आरोहणले सुरक्षाकर्मी महिलाहरूको क्षमता र आत्मविश्वासको प्रतीक भएको प्रहरी स्रोतले जनाएको छ।