आजको मौसमको अवस्था

काठमाडौं। देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो एक घन्टामा उदयपुरको कटारीमा १८.८ मिलिमिटर वर्षा भएको छ। मोरङको हैरैँचामा ९.८, मोरङकै लेटाङमा ९.८, विराटनगरमा २.६ मिलिमिटर वर्षा भएको छ।

मंगलबार अधिकांश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

TOP