काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ ।
लामो समयदेखि मुटुरोग लगायतको समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका उनी ९२ वर्षका थिए । १९८९ सालमा भोजपुरको सिक्तेलमा जन्मिएका नेपालका इतिहाससम्बन्धी दर्जनौँ पुस्तकहरू प्रकाशित छन् । उनका नेपाल निरुत्त लगायतका पुस्तकहरू चर्चित छन् । उनका दुई छोरा रहेका छन् ।