काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार यी वायुको आंशिक प्रभाव छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र कोशी, लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रका केही ठाउँ तथा अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली हुने छ। पहाडी क्षेत्रका केही ठाउँ र अन्य क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। रासस