काठमाडौं । “स्वास्थ्यका लागि खेल” भन्ने मुल नाराका साथ नयाँबजार डिभाइन फिजिकल फिट्नेस सेन्टरले तेस्रो वार्षिकोत्सव  मनाएको छ।

१३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अबसरमा सम्पन्न भएको कार्यक्रममा नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान , नेकपा एमाले नेता जीवन मानन्धर , नयाँबजार डिभाइन फिजिकल फिट्नेस सेन्टरका संचालकहरु दिनेश राजभण्डारी , नानी काजी डंगोल (नागे )  लगाएत ,  अन्य फिट्नेस सेन्टरका संचालकहरु , प्रशिक्षक , खेलाडी , डिभाइन फिट्नेसका सदस्य र शुभचिन्तकहरुको वाग्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी एमाले नेता जीवन मानन्धरले फिट्नेस सेन्टरलाई तेस्रो वार्षिकोत्सवको शुभकामना दिदै भने – अन्तर्राष्ट्रिय स्तरमा शारीरिक सुगठन खेल मार्फत नेपाललाई चिनाउने जुन काम भइ रहेको छ , नेपालीहरुको लागि यो गर्वको विषय हो।

कार्यक्रममा वोल्दै अर्का वक्ता नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले भने – हामी सवै नागरिक स्वास्थ्य रहनु पर्छ , त्यसका लागि व्यायाम अनिवार्य छ।

१७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको स्मरण गराउदै उनले थपे अहिले देशका विभिन्न भागमा फेट्नेस सेन्टर खोलिएको कारण व्यायाम गर्न सजिलो छ। शारीरिक सुगठन प्रतियोगिता मार्फत पनि खेलाडीहरुले जीविकोपार्जन सहज भएको छ।

काठमाडौं महानगरपालिका १६ वडा नयाँबाजारमा रहेको डिभाइन फिजिकल फिट्नेस सेन्टर आधुनिक तवरले सुविधा युक्त फिट्नेस सेन्टर रहेको छ।
सान्त वातावरणमा आधुनिक मेसिनबाट जिम पारखीहरुलाई व्यायाम गर्न सहज भएको यस डिभाइन फिजिकल फिट्नेस सेन्टरका प्रशिक्षक रुजेश शाही बताउछन।