सुन तोलामा ४ सय घट्यो, चाँदी बढ्यो

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९८५ रुपैयाँ कायम भएको छ ।

 

छुटाउनुभयो कि ?

TOP