आईफोनद्वारा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा

काठमाडौँ  । आईफोनद्वारा खिचिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ लाई विश्व प्रसिद्ध ओटीटी प्लेटफर्म ‘अमेजन प्राइम भिडियो’ मा राखिएको छ । ‘आईफोन १४ प्रो म्याक्स’ बाट खिचिएको पौने दुई घण्टा लामो उक्त फिल्मलाई अमेरिका र क्यानडा ‘टेरिटोरी’ बाट घरमै बसेर हेर्न सकिनेछ ।

जेसन लोप्चनको लेखन तथा निर्देशन रहेको उक्त फिल्मको केही अघि काठमाडौंमा प्रिमियरसमेत गरिएको थियो । जसमा उपस्थित फिल्मकर्मीले फिल्मको प्रशंसासमेत गरेका थिए । ओएसआर डिजिटलबाट यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक लोप्चनले यसअघि पहिलो फिल्मका रूपमा ‘अनन्त’ बनाएको भए पनि रिलिज हुन सकेको छैन । सबै कलाकार नयाँ रहेको फिल्म ‘अ प्लेस अन्डर द सन’ मा मीन घलान, मिरा गुरुङ, प्रवेश एमसी, अंशु शर्मा, विप्लव गौली, प्रजन पौडेल, रिन्दे श्रेष्ठलगायतको अभिनय देख्न सकिन्छ ।

छुटाउनुभयो कि ?

TOP