‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिशाले गर्ने

काठमाडौंँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिशा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा त्यसतर्फ उड्नेछिन् ।

त्यसका लागि उनी यतिबेला बिभिन्न विधाको प्रशिक्षणको तयारीमा छिन् । प्रतियोगितामा ‘नेसनल कस्ट्युम’लाई बुद्धको थिममा बनाउने उनको सोच छ । कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै हुने भएकोले उनले यो सोच बनाएकी हुन् ।

नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकोले त्यो अवसरको भरपुर फाइदा उठाउने आफ्नो योजना रहेको पराजुली बताउँछिन् ।

‘मिस प्लानेट’को यो बर्षको थिम ‘दिगो विकाससँंगसगै मेन्टल हेल्थ अवरनेस’ छ । प्रतियोगितामा उनलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो । वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत पराजुली पेशाले मनोचिकित्सा नर्स हुन् ।

उनी केही अगाडि काठमाडौंँमा सम्पन्न नर्स सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को उपविजेता हुन् । ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गरेकी हुन् ।

छुटाउनुभयो कि ?

TOP