काठमाडौँ । निर्माण तयारीमा रहेको फिल्म ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छन्। असारको अन्तिमबाट फ्लोरमा जान लागेको फिल्मलाई बाबु साहेब बलामीले निर्देशन गर्दैछन्।
फिल्मको टिमले करिश्माको पोस्टर लुक पनि सार्वजनिक गरेको छ। जसमा करिश्मालाई खुसी मुद्रामा देखाइएको छ। उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ।
रूना इन्टरटेन्ट्मेन्टको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो। निर्देशक बलामीले सत्य घटनामा आधारित रहेर फिल्म निर्माण हुन लागेको र फिल्ममा महिलाको पीडा देखाइने बताए।
फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिच्ने तयारी छ।