काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको फाउन्डेसन लाइभ लभ लाफ (एलएलएल) ले ‘लेक्चर सिरिज अनप्लग्ड’ सुरु गर्ने घोषणा गरेको छ ।
यो त्रैमासिक कार्यक्रमको उद्देश्य मानसिक स्वास्थ्यको बारेमा चेतना अभिवृद्धि र कुराकानीलाई प्रवर्द्धन गर्नु रहेको (एलएलएल)ले जनाएको छ ।
यस शृङ्खलामा समाजका प्रसिद्ध व्यक्तिहरुले आफ्नो जीवनको अनुभव, सफलता, असफलता र सिकाइलाई बाँड्नेछन् ।
यसबारे दीपिकाले भनेकी छन्, ‘पछिल्लो १० वर्षमा एलएलएलले महत्त्वपूर्ण मानसिक स्वास्थ्य वार्तालापको सफलतापूर्वक सुरक्षित स्थान बनाएको छ ।
लेक्चर सिरिज अनप्लग्ड’ को साथ एलएलएलले धेरै मानिसबीच पुग्ने र व्यक्ति, समुदाय र समाजमा हाम्रो प्रभावलाई अझ बलियो बनाउन सक्ने सम्बन्धित कथाहरू बाँड्ने लक्ष्य राखेको छ ।’